२१ कात्तिक २०८३ English
English

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा, २४ घण्टा उजुरी दिन सकिने
तस्बिर: नागरिक

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा आएको छ। केन्द्रमा साइबर ठगीसम्बन्धी उजुरी २४ घण्टा नै दिन सकिनेछ।

केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै स्थानबाट एकीकृत रूपमा काम गर्नेछन्।

साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना २४ घण्टा नै लिनका लागि सम्पर्क अधिकृत तोकिएको छ। साथै, १२४७ नम्बरको आकस्मिक फोन पनि राखिएको छ।

नेपाल प्रेसका अनुसार यो केन्द्र नयाँ प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चालेको पहिलो कदम हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार