उपत्यकामा हराएका र चोरी भएका ५० दुईपाङ्ग्रे सवारी धनीलाई फिर्ता

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारी धनीलाई फिर्ता गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार भएको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले २५ मोटरसाइकल र २५ स्कुटर हस्तान्तरण गर्नुभएको हो। विभिन्न समयमा परेका निवेदनका आधारमा खोजी गर्दा ती सवारीसाधन भेटिएको प्रहरीले जनाएको छ।
प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई बुझाइसकिएको छ। मोटरसाइकल चोरीमा संलग्न भएको आशंकामा ३४ जना पक्राउ परेका छन् र उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ। कारबाहीका क्रममा तीन वटा चारपाङ्ग्रे गाडी र दुई वटा मोटरसाइकल भन्सार कार्यालय पठाइएको छ।
प्रमुख काफ्लेले सवारीसाधनको सुरक्षामा धनी आफैँ सचेत हुनुपर्ने बताउनुभएको छ। उहाँले सवारीसाधन एकान्त र जथाभावी ठाउँमा पार्किङ नगर्न तथा जीपीएसलगायत सुरक्षा उपकरण जडान गर्न सुझाव दिनुभएको छ। सवारीसाधन हराए वा चोरी भए तत्काल ट्राफिक प्रहरीलाई खबर गर्न पनि उहाँले आग्रह गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


