२१ कात्तिक २०८३ English
English

तिहारअघि अवैध पटका बरामद र नष्ट, नपड्काउन प्रहरीको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहारअघि अवैध पटका बरामद र नष्ट, नपड्काउन प्रहरीको आग्रह

YouTube मा सब्स्क्राइब

तिहार र छठलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा ल्याइएका पटका सुरक्षाकर्मीले बरामद गरी नष्ट गरेका छन्। सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका अनुसार गणले करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटका र आतिसबाजीजन्य सामग्री शुक्रबार गण परिसरमा खाल्डो खनेर नष्ट गरेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार ती सामग्री विभिन्न समयमा फरक ठाउँबाट नियन्त्रणमा लिइएका थिए।

आगलागी, दुर्घटना, धनजनको क्षति र प्रदूषणको जोखिम हुने भएकाले अवैध ओसारपसार र बिक्री रोक्नु गणको प्राथमिकतामा रहेको उहाँले बताउनुभएको छ। उहाँले जिल्लावासीलाई पटका प्रयोग नगर्न आग्रह पनि गर्नुभएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि प्रदेशका विभिन्न स्थानबाट बरामद करिब १० लाख ७ हजार रुपैयाँभन्दा बढी मूल्यका पटका नष्ट गरेको जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार सीमा नाकामा प्रहरी परिचालन कडा पारिएको छ र विभिन्न स्थानमा कुकुरसहितका जाँच टोली खटाइएका छन्। नेपाल प्रहरीले पटकाबाट आगलागी, दुर्घटना र वातावरण प्रदूषणको जोखिम हुने भन्दै तिहारमा पटका नपड्काउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले अभिभावकलाई बालबालिकाको हातमा पटका र ज्वलनशील वस्तु नदिन तथा विशेष निगरानी राख्न अनुरोध गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चाडपर्वका बेला शान्ति सुरक्षा कायम राख्न प्रहरी परिचालन गरिएको छ।

स्रोत

सम्बन्धित समाचार