लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध प्रदर्शन, बदर नभए आन्दोलनको चेतावनी

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालगायतको नियुक्ति बदर गर्न माग गर्दै लुम्बिनी बचाउ महाअभियानले शुक्रबार प्रदर्शन गरेको छ। लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा बदलिएको थियो। महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया नमानी गरिएको नियुक्ति सुशासनविपरीत भएको भन्दै तत्काल बदर गर्न सरकारसँग माग गर्नुभएको छ।
उहाँले आनी छोइङ विदेशी र विवादित नागरिक भएको आरोप लगाउँदै उनको नियुक्ति स्वीकार्य नहुने बताउनुभएको छ। महाअभियानले कोषलाई राजनीतिक भर्तीको केन्द्र बनाइएको आरोप पनि लगाएको छ। सहसंयोजक मेघनाथ आचार्यले पनि विधि र प्रक्रिया मिचेर नियुक्ति गरिएको आरोप लगाउनुभएको छ।
सरकारले नियुक्ति तत्काल नसच्याए तिहारपछि आन्दोलन चर्काइने चेतावनी महाअभियानले दिएको छ। निर्णय नफेरिए लुम्बिनीबाट मात्र नभई देशभरबाट विरोध उठ्ने उसको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


