डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र पूरा गर्न चिकित्सक संघको सरकारलाई अल्टिमेटम

नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएको उल्लेख छ। उनको जीवन बचाउन वार्ता टोली बनाएर माग पूरा गर्न संघले सरकारलाई भनेको छ।
तोकिएको समयभित्र माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी संघले दिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


