२१ कात्तिक २०८३ English
English

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना
तस्बिर: थाहाखबर

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसको प्रभावले आज देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुने महाशाखाले बताएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहेको छ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका अन्य भूभागमा भने मौसम सामान्यतया आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार