भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति

शिक्षा तथा खेलकुद मन्त्रालयले गत १० भदौको विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत यसको प्रक्रिया अघि बढाएको हो। निर्णयअनुसार बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म निःशुल्क रूपमा पढ्न पाउनेछन्।
१० भदौको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपीडित परिवारका बालबालिकाको पढाइ नरोकियोस् भनेर मन्त्रालयले यो छात्रवृत्तिको व्यवस्था गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


