९ कात्तिक २०८३ English
English

गैरआवासीय नेपालीद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड हस्तान्तरण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गैरआवासीय नेपालीद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड हस्तान्तरण

YouTube मा सब्स्क्राइब

गैरआवासीय नेपाली संघ, एनआरएनएका अगुवा कुल आचार्य र बेलायतमा बस्ने व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट हस्तान्तरण गर्नुभएको छ। सोमबार परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा उहाँहरूले डीएनए तथा नमुना प्रशोधनका लागि चाहिने क्यूआइएजीइएन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाउनुभएको हो। यी किट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट चलाउने तयारी छ।

सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोगस्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गर्नुभएको छ। दुवै जनाले यो सहयोग व्यक्तिगत रूपमा गरेको जनाइएको छ। आचार्यले मेसिन नेपाल भित्र्याउन धेरै प्राविधिक र कानुनी अप्ठ्यारा पार गर्नुपरेको बताउनुभएको छ।

उहाँले गत २६ अगस्टमा रसुवा, नुवाकोटलगायत जिल्लामा आएको बाढीपछि विश्वभरका गैरआवासीय नेपालीले प्रभावितका लागि सहयोग जुटाएको पनि उल्लेख गर्नुभएको छ। मन्त्री खनालले यो सहयोगले सरकारको उन्नत डीएनए परीक्षण र अनुसन्धान क्षमता बढाउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, एनआरएनएका प्रतिनिधि र मन्त्रालयका वरिष्ठ अधिकारी उपस्थित थिए।

स्रोत

सम्बन्धित समाचार