अनलाइनबाट बिजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत् प्राधिकरणको थप सुविधा

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको महसुल अनलाइनबाट तिर्ने घरेलु ग्राहकलाई थप ०.५ प्रतिशत छुट दिने निर्णय गरेको छ। यसका लागि प्राधिकरणले स्मार्ट पे रिवार्ड नामको कार्यक्रम ल्याएको छ। प्राधिकरण सञ्चालक समितिका सदस्य अंशुकिरण शाहीका अनुसार अनलाइन भुक्तानीमा पाइँदै आएको २ प्रतिशत छुटमा यो सुविधा थपिनेछ।
यसअनुसार अब अनलाइनबाट बिल तिर्ने ग्राहकले कुल २.५ प्रतिशत छुट पाउनेछन्। कार्यक्रम पहिलो चरणमा ६ महिनाका लागि लागू गरिएको छ। डिजिटल माध्यमबाट महसुल तिर्ने अभ्यास बढाउन यो निर्णय गरिएको शाहीले बताउनुभएको छ।
उहाँका अनुसार यसले डिजिटल भुक्तानीलाई थप सहज र आकर्षक बनाउनेछ। अनलाइन भुक्तानीले ग्राहकको समय बचत हुने भन्दै प्राधिकरणले यो सुविधा लिन आग्रह गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

