नेप्सेमा झिनो सुधार, कारोबार रकम बढ्यो

सेयर बजार परिसूचक नेप्से बिहीबार २.३१ अंकले बढेर २५७४.६५ बिन्दुमा पुगेको छ। साताको चौथो कारोबार दिन दिनभरको उतारचढावपछि अन्तिम समयमा बजार सुधारिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार ठूला कम्पनीको मापक सेन्सेटिभ परिसूचक ०.८१ अंक बढेर ४६२.०४ मा पुगेको छ।
फ्लोट परिसूचक ०.२२ अंक बढेर १७७.६८ र सेन्सेटिभ फ्लोट परिसूचक ०.२९ अंक बढेर १५५.६५ मा पुगेको छ। बुधबार करिब ३ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३५४ कम्पनीको करिब १ करोड १२ लाख कित्ता सेयर करिब ३ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ। बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार गरी १३ मध्ये ८ उपसमूहको सूचक बढेको छ।
१४० कम्पनीको सेयर मूल्य बढ्दा १२७ को घटेको र ११ को स्थिर रहेको छ। सबैभन्दा धेरै करिब २६ करोड रुपैयाँको कारोबार घलेम्दी हाइड्रोको भएको छ भने हिमाल दोलखा हाइड्रोपावरको करिब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। १८ प्रतिशत बोनस सेयर दिने घोषणापछि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।
स्नो रिभरको सेयर मूल्य करिब ६.४ प्रतिशतले बढेको छ। आरबीबी म्युचुअल फन्ड–२ को मूल्य भने ८ प्रतिशतभन्दा बढीले घटेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

