१७ असोज २०८३ English
English

निक्की अध्यक्षमा कायल र चौधरीबीच प्रतिस्पर्धाको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
निक्की अध्यक्षमा कायल र चौधरीबीच प्रतिस्पर्धाको सम्भावना

YouTube मा सब्स्क्राइब

नेपाल–भारत उद्योग वाणिज्य संघ, निक्कीको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कुणाल केयाल र कार्यसमिति सदस्य करण चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवैले संघको नेतृत्वमा दाबी प्रस्तुत गर्नुभएको छ। संघको ३२औँ साधारणसभा असोज २९ गते हुँदै छ, जसले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

निर्वाचन तालिकाअनुसार असोज २१ गते अध्यक्ष एक र सदस्य नौ गरी १० पदका लागि उम्मेदवारी दर्ता हुनेछ। दुवैको उम्मेदवारी परेमा अध्यक्ष पदको टुङ्गो निर्वाचनबाट लाग्नेछ। उम्मेदवारी दर्तापछि मात्र अध्यक्ष पदका औपचारिक प्रतिस्पर्धी को हुन् भन्ने स्पष्ट हुनेछ।

संघको सुरुवात २०४९ सालमा तदर्थ समितिबाट भएको थियो। २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका रूपमा यसको विधिवत् दर्ता भएको हो। संघले नेपाल र भारतबीच उद्योग, व्यापार र लगानी प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ।

स्रोत

सम्बन्धित समाचार