सहकारीका भाका नाघेका ऋणीबाट ११ करोड असुली

सरकारले कर्जा असुलीलाई तीव्रता दिँदै सहकारी संस्थाबाट ऋण लिएर भाका नाघ्दासमेत सावाँ र ब्याज नतिर्ने ऋणीबाट करिब ११ करोड रुपैयाँ असुल गरेको छ। कर्जा असुली न्यायाधिकरण कार्यालयले चालु आर्थिक वर्षको असोज १५ गतेसम्म २७ वटा उजुरीमा मिलापत्र र निर्णय कार्यान्वयनमार्फत उक्त रकम उठाएको कार्यालय प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभएको छ। गत वर्षको असार २५ गते स्थापना भएको यो कार्यालय सहकारीका ऋणीबाट उठ्न नसकेको कर्जा असुल गराउने पहिलो न्यायाधिकरण हो।
कार्यालयलाई कर्जा असुलीसम्बन्धी उजुरीमा सुरुदेखि नै कारबाही चलाएर टुंगो लगाउने अधिकार दिइएको छ। सहकारी संस्थाले आफ्ना ऋणीबाट रकम उठाउन नसकेपछि न्यायाधिकरणमा उजुरी दिएपछि यो प्रक्रिया अघि बढ्ने प्रमुख श्रेष्ठले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
