ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि पहिलोपटक चिनी बेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले स्थापनाको करिब ४८ वर्षपछि पहिलोपटक चिनी बिक्री सुरु गर्ने भएको छ। शाखाले हालसम्म चामल मात्र बेच्दै आएको थियो। शाखाका कार्यालय प्रमुख प्रकाश तिम्सिनाका अनुसार बुधबारदेखि चिनी बिक्री गर्ने तयारी पूरा भएको छ।
उहाँका अनुसार पहिलो चरणमा १८ हजार किलोग्राम चिनी ताप्लेजुङ आइपुगेको छ। मङ्गलबार ३६० बोरा चिनी शाखा कार्यालयमा पुगेको तिम्सिनाले जानकारी दिनुभएको छ। शाखाले उपभोक्तालाई प्रतिकिलो ११० रुपैयाँमा चिनी बेच्ने जनाएको छ।
यो दर बजार मूल्यभन्दा निकै सस्तो हो। एक व्यक्ति वा परिवारले बढीमा ६ किलोग्रामसम्म चिनी किन्न पाउनेछन्। चिनी व्यक्तिगत उपभोगका लागि मात्र बिक्री गरिने शाखाले स्पष्ट पारेको छ।
खाद्यबाट किनेको चिनी व्यापारिक प्रयोजनमा फेरि बेचेको पाइए प्रचलित कानुनअनुसार कारबाही हुने कार्यालयले चेतावनी दिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


