एसियाली खेलकुद: ५ हजार मिटर दौडमा मुकेशबहादुर पालको राष्ट्रिय कीर्तिमान

बिसौँ एसियाली खेलकुदमा नेपाली धावक मुकेशबहादुर पालले पुरुषतर्फको पाँच हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार पालले यो दूरी १४ मिनेट ३.६१ सेकेन्डमा पार गर्नुभएको हो। यसअघिको कीर्तिमान राजेन्द्र भण्डारीको नाममा थियो।
भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ४.८९ सेकेन्डको समय निकाल्नुभएको थियो। यसरी दुई दशकभन्दा पुरानो कीर्तिमान एक सेकेन्डभन्दा बढीले सुधारिएको छ। दौडमा सहभागी १८ धावकमध्ये पाल नवौँ स्थानमा रहनुभएको छ।
र्याफ्टिङ एन्ड क्यानोइङको के-वान कायकमा बिजय माझी र आशिष रानामगर मङ्गलबार हिट चरण पार गर्दै सेमिफाइनलमा पुग्नुभएको छ। टी-२० क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनल वर्षाका कारण रद्द भएको छ। आइसीसी टी-२० वरीयताका आधारमा श्रीलङ्का सेमिफाइनलमा पुगेको छ भने नेपाल बाहिरिएको छ।
खेल हुने आशमा ठूलो सङ्ख्यामा नेपाली दर्शक कोरोगी एथलेटिक्स पार्क पुगेका थिए।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


