१४ असोज २०८३ English
English

अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुदमा लगानी बढाउनुपर्ने खेलकुदमन्त्रीको भनाइ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुदमा लगानी बढाउनुपर्ने खेलकुदमन्त्रीको भनाइ

YouTube मा सब्स्क्राइब

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदजस्ता ठूला प्रतियोगितामा अपेक्षित नतिजा ल्याउन तल्लो तहदेखि दीर्घकालीन लगानी चाहिने बताउनुभएको छ। मन्त्रिपरिषद्का निर्णय सुनाउन मङ्गलबार काठमाडौँमा बोलाइएको पत्रकार सम्मेलनमा सरकारी प्रवक्तासमेत रहेका पोखरेलले यस्तो धारणा राख्नुभएको हो। उहाँका अनुसार विगतमा ग्रासरुट तहमा पर्याप्त र प्रभावकारी लगानी नहुँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रदर्शन कमजोर बनेको हो।

आज गरिएको लगानीले भोलि नै पदक नदिने भएकाले लामो अवधिको योजना आवश्यक रहेको मन्त्री पोखरेलको भनाइ छ। जापानको आइची-नागोयामा जारी एसियाली खेलकुदमा नेपालले हालसम्म दुईवटा कांस्य पदक मात्र जितेको छ। करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले ती कांस्य पदक दिलाएका हुन्।

सरकारले चार वर्षअघिदेखि स्वर्णसहित दोहोरो सङ्ख्यामा पदक जित्ने लक्ष्यसहित तयारी थालेको थियो। खेल पूर्वाधारका लागि राष्ट्रिय खेलकुद परिषद् र सहरी विकास मन्त्रालयबीच समझदारी भएको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। सोअनुसार देशका २७ स्थानमा कभर्ड हल, क्रिकेट तथा फुटबल रङ्गशालालगायतका पूर्वाधार बनाउने योजना छ।

स्रोत

सम्बन्धित समाचार