१४ असोज २०८३ English
English

एनपीएल तेस्रो संस्करणको प्रस्तोतामा यशा सागर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल तेस्रो संस्करणको प्रस्तोतामा यशा सागर

YouTube मा सब्स्क्राइब

नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणमा क्यानडाकी मोडल तथा अभिनेत्री यशा सागरले प्रस्तोताको जिम्मेवारी सम्हाल्नुहुने भएको छ। आयोजकले मङ्गलबार सामाजिक सञ्जालमार्फत 'नेपाल, तयार हुनुहोस्' भन्ने सन्देशसहित उहाँलाई होस्टका रूपमा सार्वजनिक गरेको हो। फिटनेस इन्फ्लुएन्सरका रूपमा समेत चिनिनुहुने सागरले पञ्जाबी, हिन्दी, तेलुगुलगायत भाषामा बनेका ३० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ।

भारतको पञ्जाबमा जन्मिनुभएकी उहाँले भारतमै स्नातक तह पूरा गर्नुभएको थियो। त्यसपछि थप पढाइका लागि उहाँ सन् २०१५ को डिसेम्बरमा क्यानडा जानुभएको थियो। अध्ययनकै बेला एक पूर्वसहपाठीको म्युजिक भिडियोमा मुख्य भूमिकाको प्रस्ताव आएपछि उहाँको अभिनय यात्रा सुरु भएको हो।

सन् २०१७ मा पञ्जाबी सङ्गीत क्षेत्रबाट उहाँले व्यावसायिक करिअर थाल्नुभएको हो। नेपाली समर्थक र नेपालमा पाउने अनुभवलाई लिएर आफू निकै उत्साहित रहेको सागरले बताउनुभएको छ। क्रिकेटप्रति नेपाली समर्थकको जोसबारे आफूले धेरै सुनेको उहाँको भनाइ छ।

नयाँ प्रस्तोता जोडिएसँगै प्रतियोगिताको प्रस्तुति र मनोरञ्जन पक्षमा थप आकर्षण आउने अपेक्षा गरिएको छ।

स्रोत

सम्बन्धित समाचार