जनकवि दुर्गालाल श्रेष्ठको सम्झनामा ‘अक्षरयात्रा–दशक आठ’

जनकवि दुर्गालाल श्रेष्ठको सम्झनामा मङ्गलबार ललितपुरमा 'अक्षरयात्रा–दशक आठ' समारोह आयोजना गरिएको छ। बसन्त चौधरी फाउन्डेसन र दुर्गालाल साहित्य प्रतिष्ठानले संयुक्त रूपमा कार्यक्रम गरेका हुन्। कार्यक्रम अक्षरदीप प्रज्वलन र पुष्पार्पणबाट सुरु भएको थियो।
श्रेष्ठको जीवन, व्यक्तित्व र सिर्जनामा आधारित वृत्तचित्र 'अक्षरयात्रा: दशक आठ' पनि देखाइएको थियो। समारोहमा श्रेष्ठका छवटा कविता सङ्ग्रह लोकार्पण गरिनुका साथै उहाँलाई नागरिक सम्मान अर्पण गरिएको छ। कार्यक्रममा 'अक्षरमहर्षि सम्मान' पनि अर्पण गरिएको थियो।
'अक्षरका छ नयाँ दीप' शीर्षकमा श्रव्यदृश्य सामग्रीको अनावरण र समीक्षा भएको थियो। कार्यक्रममा श्रेष्ठका कविता वाचन पनि गरिएको थियो। आफूलाई श्रेष्ठको शिष्य बताउने कवि बसन्त चौधरीले अक्षराञ्जली अर्पण गर्दै स्मृतिकथन र रुबाई प्रस्तुत गर्नुभएको छ।
श्रेष्ठ नेपाली र नेपाल भाषाका चर्चित कवि तथा गीतकार हुन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


