१४ असोज २०८३ English
English

महिला सङ्घर्षका कथा समेटिएको ‘सन्धान सङ्ग्रह’ सार्वजनिक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
महिला सङ्घर्षका कथा समेटिएको ‘सन्धान सङ्ग्रह’ सार्वजनिक

YouTube मा सब्स्क्राइब

महिलाका संघर्ष र अनुभव समेटिएको पुस्तक 'महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह' मङ्गलबार काठमाडौँमा सार्वजनिक भएको छ। यो सन्धान सङ्ग्रह शृङ्खलाको दोस्रो पुस्तक हो। द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा पुस्तक प्रकाशन गरिएको हो।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लेखक र प्राज्ञहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्। पुस्तकमा २५ जना फेलो तथा महिला पत्रकारका अनुसन्धानमा आधारित आलेख छन्। अपाङ्गता भएका दलित र आदिवासी जनजाति महिलाले भोग्ने बहुस्तरीय विभेददेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका सवालसम्म यसमा समेटिएका छन्।

त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. कुन्दन अर्यालले पुस्तकले महिला आन्दोलनका वैकल्पिक विषय बहसमा ल्याएको बताउनुभएको छ। समाजशास्त्री डा.

मीना पौडेलले यसलाई महिलाको वैकल्पिक इतिहास लेख्ने प्रयासका रूपमा व्याख्या गर्नुभएको छ। सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रप्रसाद कार्कीले औँठाछापको लोगोसहित पुस्तक शृङ्खला ल्याउनु फरक काम भएको बताउनुभएको छ।

कुन्जनी परियार 'प्यासी'ले देशभरका विभिन्न वर्ग र समुदायका महिलाका कथा समेटिएकाले पुस्तकले नेपालको विविधता झल्काएको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार