एलपी ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल (बिजक) जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले यस्तो निर्देशन दिएको हो। निर्देशनअनुसार ग्यास बिक्री गर्ने विक्रेताले अनिवार्य रूपमा भ्याट बिल जारी गरेर मात्रै ग्यास बिक्री वितरण गर्नुपर्नेछ।
निगमले ग्यास उद्योगहरूबाट नियुक्त विक्रेतासम्म यो व्यवस्था लागू गराउन उद्योगहरूलाई जिम्मेवारी दिएको छ। यसअनुसार ग्यास खरिद गर्ने उपभोक्ताले भ्याट बिल पाउनेछन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


