करिब ६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन तीव्र

शिक्षक सेवा आयोगले बढुवाको योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकले दिएका उजुरीको पुनरावलोकन नतिजा सार्वजनिक गर्ने कामलाई तीव्रता दिएको छ। आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयको निर्णयबमोजिम योग्यताक्रम सूची लगातार प्रकाशन भइरहेको छ। यस्तो बढुवा ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुन्छ।
विभिन्न प्रदेशमा शिक्षा हेर्ने मन्त्रालयमातहतका शिक्षा विकास निर्देशनालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा चित्त नबुझाएर शिक्षकले उजुरी दिएका थिए। आयोगले कार्य सञ्चालन कार्यविधि, २०७८ को परिच्छेद १५ अनुसार कागजात र प्रमाण अध्ययन गरी जिल्ला र तहगत नतिजा कायम गरिरहेको जनाएको छ। यही कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापालगायतका जिल्लाको पुनरावलोकन नतिजा प्रकाशित भएको छ।
आयोगमा पदाधिकारी नहुँदा झन्डै छ महिनादेखि पुनरावलोकनको काम रोकिएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


