पाकिस्तानलाई करिब १.२ अर्ब डलर दिन आईएमएफसँग कर्मचारी तहको सहमति

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र पाकिस्तानी अधिकारीहरूबीच करिब १ अर्ब २० करोड अमेरिकी डलरको सहयोगका लागि कर्मचारी तहमा सहमति भएको छ। नेपाल राष्ट्र बैंकले आज तोकेको डलरको खरिद दर १५४ रुपैयाँ ५५ पैसाका आधारमा यो रकम करिब १ खर्ब ८५ अर्ब रुपैयाँ बराबर हुन्छ। यो सम्झौता लागू हुन कोषको कार्यकारी बोर्डले स्वीकृति दिनुपर्नेछ।
आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्वको द्वन्द्वको असर हुँदाहुँदै पनि पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको बताउनुभएको छ। कडा नीतिका कारण समष्टिगत आर्थिक स्थिरता कायम राख्न मद्दत पुगेको उहाँको भनाइ छ। आइएमएफका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन ४ प्रतिशतले बढेको छ।
पूरै वर्षको आर्थिक वृद्धि भने ३.६ प्रतिशत रहने कोषको अनुमान छ। पेट्रोभाका अनुसार मे महिनामा उच्च बिन्दुमा पुगेको मुद्रास्फीति सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित भएको छ। यद्यपि बढ्दो महँगी, ऊर्जाको उच्च मूल्य र आपूर्तिमा आएको अवरोधले पाकिस्तानको कमजोर अर्थतन्त्रमाथि दबाब कायमै छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


