२४ असोज २०८३ English
English

मलेसियामा कामदारको न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याउने घोषणा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मलेसियामा कामदारको न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याउने घोषणा

YouTube मा सब्स्क्राइब

मलेसियाले विदेशी श्रमिकसहित सबै कामदारको मासिक न्यूनतम तलब बढाउने घोषणा गरेको छ। प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले शुक्रबार सन् २०२७ को बजेट पेस गर्दै न्यूनतम तलब करिब २ हजार रिंगिट पुर्‍याइने बताउनुभएको छ। प्रधानमन्त्री इब्राहिमका अनुसार नयाँ व्यवस्था लागू भएपछि मलेसियामा कार्यरत करिब ४० लाख श्रमिकले फाइदा पाउनेछन्।

विदेशी कामदारमा पनि लागू हुने भएकाले त्यहाँ काम गर्ने नेपाली श्रमिक पनि यसको दायरामा पर्नेछन्। मलेसियाको न्यूनतम ज्याला नीतिअनुसार हाल त्यहाँ मासिक न्यूनतम तलब करिब १७ सय रिंगिट छ, जुन सन् २०२५ देखि लागू छ। नेपाल राष्ट्र बैंकले आजका लागि १ रिंगिटको खरिद दर ३७ रुपैयाँ ७८ पैसा र बिक्री दर ३७ रुपैयाँ ९२ पैसा तोकेको छ।

खरिद दरमा हिसाब गर्दा नयाँ न्यूनतम तलब करिब ७५ हजार ५ सय ६० रुपैयाँ बराबर हुन्छ। यो हालको तलबभन्दा करिब ३ सय रिंगिट अर्थात् करिब ११ हजार ३ सय रुपैयाँ बढी हो। मलेसियाले न्यूनतम ज्याला नीति सन् २०१३ मा लागू गर्दा तलब करिब ९ सय रिंगिट तोकेको थियो।

त्यसपछि यो रकम सन् २०१६ मा करिब १ हजार, सन् २०१९ मा ११ सय र सन् २०२० मा १२ सय रिंगिट पुर्‍याइएको थियो। नयाँ तलबमान लागू भएपछि यो रकम सन् २०१३ को तुलनामा दोब्बरभन्दा बढी हुनेछ।

स्रोत

सम्बन्धित समाचार