१४ असोज २०८३ English
English

भारतबाट इन्धन प्रतिलिटर २० रुपैयाँ महँगो, नेपालमा मूल्य यथावत् राख्ने निगमको निर्णय

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भारतबाट इन्धन प्रतिलिटर २० रुपैयाँ महँगो, नेपालमा मूल्य यथावत् राख्ने निगमको निर्णय
तस्बिर: नेपाल प्रेस

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि हाल कायम खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

निगमका अनुसार आईओसीले बुधबार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र डिजेलमा प्रतिलिटर २० रुपैयाँ २१ पैसा बढाइएको छ।

भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आसन्न चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य यथावत् राखिएको निगमले जनाएको छ। निगमले उपभोक्तालाई थप भार नपार्ने भन्दै हालकै मूल्यमा बिक्री गर्ने बताएको छ।

मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा ३ अर्ब २० करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार