ऊर्जा मन्त्रालयले दुई महिनामा ३.८ प्रतिशत मात्र बजेट खर्च गर्यो, मन्त्री श्रेष्ठ असन्तुष्ट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका कर्मचारीको कामप्रति असन्तुष्टि जनाएका छन्। उनले बुधबार मन्त्रालयमा भएको समीक्षा बैठकमा यस्तो असन्तुष्टि जनाएका हुन्।
चालु आर्थिक वर्षका दुई महिनामा मन्त्रालयले ३.८ प्रतिशत मात्र बजेट खर्च गरेको छ। आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि वित्तीय प्रगति अपेक्षाभन्दा कम भएको मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले बजेट तथा कार्यक्रम लागू गर्ने काम छिटो गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्। उनले भने, 'निर्णय गरेर मात्र हुँदैन, नतिजा चाहिन्छ।'
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

