पोर्चुगलमा नेपालीको सङ्ख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले ४ अक्टोबरदेखि राजधानी लिस्बोनमा आफ्नो सेवामूलक कार्यालय सञ्चालनमा ल्याउने भएको छ। पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थानका अनुसार सन् २०२५ सम्म त्यहाँ बसोबास गर्ने नेपालीको सङ्ख्या ५६ हजार नाघेको छ। विदेशी आप्रवासीमध्ये नेपाली पाँचौँ ठूलो समूह बनेका छन्।
ब्राजिल, एङ्गोला, भारत र केपभर्डेका नागरिकपछि नेपाली छन् भने त्यसपछि बङ्गलादेश, गिनी बिसाउ र युक्रेनका नागरिक छन्। संस्थानको तथ्याङ्कअनुसार नेपालीमध्ये करिब ३८ हजार पुरुष र करिब साढे १८ हजार महिला छन्। सन् २०२१ मा करिब २४ हजार रहेको नेपालीको सङ्ख्या चार वर्षमा झन्डै १३७ प्रतिशतले बढेको छ।
यो अवधिमा मात्रै झन्डै ३३ हजार नेपाली थपिएका छन्। पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने यो गणनामा परेका छैनन्। नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्ध पनि विस्तार हुँदै गएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
