१७ असोज २०८३ English
English

प्रज्ञा प्रतिष्ठानमा 'मोती–लय' सम्पन्न, कुशेऔँसीमा राष्ट्रिय गजल दिवस मनाइने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रज्ञा प्रतिष्ठानमा 'मोती–लय' सम्पन्न, कुशेऔँसीमा राष्ट्रिय गजल दिवस मनाइने

YouTube मा सब्स्क्राइब

अबदेखि कुशेऔँसीमा राष्ट्रिय गजल दिवस मनाइने भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानले १६१ औँ मोतीजयन्तीका अवसरमा शुक्रबार आफ्नो मुख्य प्रेक्षालयमा 'मोती–लय' कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गायिका जलजला परियारले विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा मोतीराम भट्टको गजल गाउनुभएको छ।

तबलामा शम्भु श्रेष्ठ, गितारमा राजकुमार समाल र बाँसुरीमा निर्मल सिंहले साथ दिनुभएको छ। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका ११ जना चित्रकारले मोतीरामलाई विषय बनाएर मञ्चमै प्रत्यक्ष चित्र बनाउनुभएको छ। शिल्पी थिएटरका कलाकारले मोतीरामको जीवनी र गजलमा आधारित अभिनय देखाउनुभएको छ।

सातै प्रदेशबाट तीन–तीन जनाका दरले नयाँ पुस्ताका २१ गजलकारले विभिन्न राष्ट्रिय भाषामा समेत गजल सुनाउनुभएको छ। करिब एक दर्जन अग्रज गजलकारले पनि आफ्ना रचना वाचन गर्नुभएको छ। आयोजक समितिका सदस्य बाबु त्रिपाठी, सङ्गीता थापा, रूपक अलङ्कार र प्रज्वल अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

स्रोत

सम्बन्धित समाचार