१७ असोज २०८३ English
English

जनकपुरधामको जानकी मन्दिरबाट देहरादूनसम्म अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जनकपुरधामको जानकी मन्दिरबाट देहरादूनसम्म अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु

YouTube मा सब्स्क्राइब

जनकपुरधामको जानकी मन्दिरबाट भारतको देहरादूनसम्म जाने अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु भएको छ। यो यात्रा करिब तीन हजार किलोमिटर लामो छ। भारत सरकारबाट पद्मभूषण सम्मान पाएका डा.

अनिलप्रकाश जोशीको नेतृत्वमा भारतबाट आएको करिब २० जनाको टोलीले साइकल यात्रा थालेको हो। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यात्राको शुभारम्भ गर्नुभएको छ। शुभारम्भ कार्यक्रममा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री जवाहरलाल कुशवाहा र पर्यटनमन्त्री कनिष्क पटेलको पनि उपस्थिति रहेको छ।

कमला बचाउ अभियानले यात्राको समन्वय गरेको छ। अभियानका सचिव बिनोद महराका अनुसार जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्धि र वातावरण प्रदूषण घटाउन योगदान पुर्‍याउने उद्देश्यले यो यात्रा आयोजना गरिएको हो। जल संरक्षणसँगै जल, जीवन र नदी संस्कृतिको संरक्षण र प्रवर्द्धन पनि यात्राको उद्देश्यमा समेटिएको उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार