२२ असोज २०८३ English
English

दसैँका लागि मुस्ताङबाट साढे १२ हजार च्याङ्ग्रा बजारमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँका लागि मुस्ताङबाट साढे १२ हजार च्याङ्ग्रा बजारमा

YouTube मा सब्स्क्राइब

दसैँका लागि उच्च हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष करिब साढे १२ हजार च्याङ्ग्रा बजारमा पठाइने भएको छ। मुस्ताङस्थित भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रका अनुसार जिल्लाका ५ गाउँपालिकामा पालिएका च्याङ्ग्रामध्ये यति सङ्ख्या बिक्रीका लागि तयार छ। केन्द्रका प्रमुख डा.

लालमणि अर्यालका अनुसार व्यापारीहरूले बुधबारसम्म करिब साढे ९ हजार च्याङ्ग्रा मुस्ताङबाट बजारतर्फ झारिसकेका छन्। दसैँका लागि च्याङ्ग्रा बजारसम्म पुर्‍याउन अहिलेसम्म कुनै समस्या नदेखिएको प्रमुख अर्यालले बताउनुभएको छ। अघिल्लो वर्ष दसैँका बेला मुस्ताङबाट करिब १५ हजार च्याङ्ग्रा बजार पुगेका थिए।

भोटेकोशी बाढीले ल्याएको विपद्पछि मासुको खपत घट्ने आकलन गर्दै व्यापारीहरूले यस पटक आपूर्ति घटाएका हुन्। प्रमुख अर्यालका अनुसार यसपालि मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य ५० हजार रुपैयाँ तोकिएको छ।

स्रोत

सम्बन्धित समाचार