२२ असोज २०८३ English
English

उपत्यकाको वायु प्रदूषण: चासो उच्च, भरपर्दो सूचनामा पहुँच कमजोर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
उपत्यकाको वायु प्रदूषण: चासो उच्च, भरपर्दो सूचनामा पहुँच कमजोर

YouTube मा सब्स्क्राइब

काठमाडौँ उपत्यकाका बासिन्दा वायु प्रदूषणप्रति चिन्तित भए पनि हावाको गुणस्तरबारे भरपर्दो सूचना पाउन कठिन रहेको एक सर्वेक्षणले देखाएको छ। यही वर्ष स्थापित गैरनाफामूलक संस्था ताजा इनिसिएटिभ नेपालले उपत्यकाका १ हजार २ सय बासिन्दामाझ यो सर्वेक्षण गरेको हो। संस्थाले आफ्नो शुभारम्भसँगै सर्वेक्षणको निष्कर्ष सार्वजनिक गरेको छ।

उपत्यकामा प्रदूषण घटाउन अनुसन्धान, वायु गुणस्तर निगरानी र प्रमाणमा आधारित समाधानमा काम गर्दै आएको संस्थाले जनाएको छ। सर्वेक्षणमा करिब ८१ प्रतिशत उत्तरदाताले उपत्यकाको हावालाई हानिकारकदेखि अत्यन्तै हानिकारक ठानेका छन्। तर हावा जाँच्नेमध्ये करिब ९४ प्रतिशत आधिकारिक तथ्याङ्कमा भर पर्दैनन्।

उनीहरू गन्ध, दृश्यता र आँखाको पोलाइजस्ता आफ्नै इन्द्रियमा भर पर्ने गरेका छन्। करिब ५२ प्रतिशतले आफ्नो क्षेत्रको हावा खराबदेखि अति खराब रहेको मूल्याङ्कन गरेका छन्। ललितपुरमा यस्तो धारणा राख्ने करिब ६१ प्रतिशत छन्।

समाधानका रूपमा करिब ८० प्रतिशतले सार्वजनिक यातायात विस्तार र विद्युतीय सवारीलाई समर्थन गरेका छन्।

स्रोत

सम्बन्धित समाचार