सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो पुस्तक ‘कलेजी प्रेम’ सोमबार काठमाडौँमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा लोकार्पण कार्यक्रम सम्पन्न भएको हो। विशेष अतिथिका रूपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र साहित्यकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी सहभागी हुनुहुन्थ्यो।
पुस्तक समीक्षकका रूपमा आमन्त्रित दीपशिखा घिमिरे र नवीन खत्रीले ‘कलेजी प्रेम’माथि आ–आफ्नो विचार र दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। यो कृतिमा प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई मूल विषय बनाइएको छ। लेखक भट्टराईले पुस्तकमा जन्मभूमिप्रतिको आत्मीय माया र देशभक्तिको भाव पनि पोख्नुभएको छ।
समारोहमा बोल्दै उहाँले ‘कलेजी प्रेम’ प्रेमकथामा मात्र सीमित नरहेको बताउनुभएको छ। उहाँका अनुसार यो कृति समाज, जीवन र देशप्रतिका अनुभूतिलाई एउटै भावनात्मक यात्रामा उन्ने साहित्यिक प्रयास हो। कार्यक्रममा प्रमुख अतिथि महानिरीक्षक कार्कीले पुस्तकमा समेटिएका कथा र विचार देशमै बसेर आफ्नो परिचय बनाउन खोज्ने थुप्रै युवाको जीवनसँग मेल खाने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

