२२ असोज २०८३ English
English

विदेशमा रहेका नेपालीका लागि दसैँ टीकाको साइत सार्वजनिक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विदेशमा रहेका नेपालीका लागि दसैँ टीकाको साइत सार्वजनिक

YouTube मा सब्स्क्राइब

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बस्ने नेपाली तथा सनातन धर्मावलम्बीका लागि यस वर्षको विजयादशमीको टीका लगाउने साइत सार्वजनिक गरेको छ। यो साइत स्थानीय समयअनुसार तोकिएको छ। समितिको असोज २० गते बसेको बैठकले नेपालसहित विभिन्न देशका प्रमुख सहरका लागि छुट्टाछुट्टै समय तोकेको हो।

काठमाडौँमा कात्तिक ४ गते बिहान १०:२६ बजे टीका लगाउने साइत छ। भारतको दिल्लीमा बिहान ९:११ बजे र भुटानको थिम्पुमा १०:१४ बजे साइत तोकिएको छ। अमेरिकाको न्युयोर्कमा १०:११, वासिङ्टन डिसीमा १०:२१, टेक्सासमा १०:२७ र क्यालिफोर्नियामा ९:५१ बजे टीका लगाउने साइत छ।

क्यानडाको टोरोन्टोमा १०:४१, भ्यानकुभरमा ११:४५ र जर्मनीको फ्र्याङ्कफर्टमा १०:४७ बजे साइत तोकिएको छ। जापान र अस्ट्रेलियामा भने कात्तिक ५ गते टीका लगाउने साइत परेको छ। जापानको टोकियोमा बिहान १०:१७ बजे साइत छ।

अस्ट्रेलियाको सिड्नीमा ९:२१, मेलबर्नमा ९:३०, ब्रिसबेनमा ८:२५, एडिलेडमा ९:१५, क्यानबेरामा ९:०७ र तास्मानियामा ८:५५ बजे टीकाको समय तोकिएको छ। स्थानीय सूर्योदय र दशमी तिथिका आधारमा समय निर्धारण गरिएकाले देशअनुसार टीकाको मिति र समय फरक परेको हो। समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार विदेशमा रहेका नेपालीको सुविधाका लागि यी साइत तोकिएका हुन्।

स्रोत

सम्बन्धित समाचार