पुटिनसँग इरानी राष्ट्रपति: अमेरिकासँग सम्झौता असम्भव छैन

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकासँग शान्ति सम्झौता हुन असम्भव नरहेको बताउनुभएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा उहाँले यस्तो धारणा राख्नुभएको इरानी समाचार संस्था फार्सले जनाएको छ। दुई नेताबीचको वार्ता इरानमाथि अमेरिका र इजरायलको युद्धको विषयमा केन्द्रित थियो।
फार्सका अनुसार पेजेस्कियनले क्षेत्रमा दीर्घकालीन शान्ति र सुरक्षा सुनिश्चित गर्ने सन्तुलित र न्यायपूर्ण सम्झौताका लागि इरान पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ। इरानी जनताको राष्ट्रिय हित र अधिकारलाई उहाँले इरानको 'रेडलाइन' अर्थात् नछोडिने सीमा भनेर उल्लेख गर्नुभएको छ। अमेरिकाले अन्तर्राष्ट्रिय कानुनले तोकेको संरचनाको पालना गर्ने हो भने दुई देशबीच सम्झौतामा पुग्नु असम्भव नभएको उहाँको भनाइ छ।
राष्ट्रपति पेजेस्कियनले क्षेत्रीय शान्ति कायम गर्न इरान छिमेकी मुलुकहरूसँग मिलेर काम गर्न तयार रहेको पनि बताउनुभएको छ। यस कामका लागि क्षेत्रबाहिरका मुलुकको उपस्थिति वा हस्तक्षेप आवश्यक नरहेको धारणा पनि उहाँले राख्नुभएको छ। रुसी राष्ट्रपति पुटिनले भने युद्धबाट भएको क्षतिको भरपाई अमेरिका र इजरायलले गर्नुपर्नेमा जोड दिनुभएको छ।
भविष्यमा यस्तो आक्रमण नदोहोरियोस् भनेर इरानलाई दीर्घकालीन सुरक्षा प्रत्याभूति दिनुपर्ने पुटिनको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


