१२ असोज २०८३ English
English

बनेपामा जालुद्यो जात्रा सम्पन्न

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बनेपामा जालुद्यो जात्रा सम्पन्न

YouTube मा सब्स्क्राइब

काभ्रेपलाञ्चोकको बनेपामा नेवार समुदायको मौलिक पर्व जालुद्यो जात्रा परम्परागत विधिअनुसार सम्पन्न भएको छ। यस जात्रामा भातबाट देवताको स्वरूप बनाएर पूजा गर्ने चलन छ। बनेपा नगरपालिका–५ को स्वधा टोलमा रहेको दक्षिणकाली मन्दिरमा नित्य पूजा र हाँसको बलि चढाएर जात्रा सुरु गरिएको थियो।

असोज ११ गते साँझ जालुद्योलाई रथमा राखेर शहरका विभिन्न टोल र चोकमा घुमाइएको छ। नगरपालिका–८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धरका अनुसार परिक्रमापछि खट जात्रा गर्दै जालुद्योलाई पुण्यमाता खोलामा लगेर विधिपूर्वक सेलाइएको छ। जात्रामा स्थानीय र श्रद्धालुको ठूलो उपस्थिति रहेको उहाँले बताउनुभएको छ।

बनेपाको सांस्कृतिक पहिचान बोकेको यो जात्रालाई स्थानीय समुदायले पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।

स्रोत

सम्बन्धित समाचार