भारतमा ककरोच जनता पार्टीको अक्टोबर २ मा 'जेल भरो आन्दोलन'

भारतको ककरोच जनता पार्टीले आउँदो शुक्रबार अर्थात् अक्टोबर २ मा मुम्बईको शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको छ। पार्टीका संस्थापक अभिजीत दीपकेले सोमबार सामाजिक सञ्जाल एक्समा आन्दोलनको पोस्टर सार्वजनिक गर्दै कार्यक्रमबारे जानकारी दिनुभएको छ। पोस्टरमार्फत पार्टीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले पद छाड्नुपर्ने आफ्नो माग फेरि उठाएको छ।
निर्वाचन आयोगको कामकारबाहीमाथि प्रश्न उठाउँदै पार्टीले यसअघि नै आयुक्त कुमारले राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो। तर मुम्बईमा उक्त आन्दोलन गर्न पार्टीलाई अनुमति दिइएको छैन। अनुमति नपाएपछि प्रतिक्रिया दिँदै संस्थापक दीपकेले जनताको आवाज थिच्ने प्रयास मान्य नहुने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


