८ कात्तिक २०८३ English
English

सप्तकोसीमा जेटबोट दुर्घटना: बालिकासहित ३ जनाको मृत्यु, ३ बेपत्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सप्तकोसीमा जेटबोट दुर्घटना: बालिकासहित ३ जनाको मृत्यु, ३ बेपत्ता
तस्बिर: राजधानी

सप्तकोसी नदीमा आइतबार दिउँसो यात्रु बोकेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा तीन जना बेपत्ता छन्।

दिउँसो करिब २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणी नजिक सप्तकोसी नदीमा दुर्घटना भएको हो। भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्र, चतरातर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट नदीमा पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुने बालिका पाँच वर्षकी रहेको बताइएको छ। मृतकको पहिचान भने खुलिसकेको छैन। दुर्घटनामा एक जना घाइते भएका छन्।

बोटमा चढ्न ११ जनाको टिकट काटिएको देखिए पनि बोटमा १६ जना रहेको पाइएको छ। पौडिएर बाँचेका बोट चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 8 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार