१६ असोज २०८३ English
English

चीनको ७७औँ राष्ट्रिय दिवस: पुनरुत्थान रोकिँदैन, सीको सन्देश

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चीनको ७७औँ राष्ट्रिय दिवस: पुनरुत्थान रोकिँदैन, सीको सन्देश

YouTube मा सब्स्क्राइब

चिनियाँ राष्ट्रपति सी जिनपिङले आत्मविश्वास र स्पष्ट लक्ष्यसहित अघि बढ्दा चीनको राष्ट्रिय पुनरुत्थान कसैले रोक्न नसक्ने बताउनुभएको छ। जनवादी गणतन्त्र चीनको ७७औँ स्थापना दिवसको अवसर पारेर बुधबार बेइजिङको ग्रेट हल अफ द पिपलमा आयोजित स्वागत समारोहमा उहाँले यस्तो बताउनुभएको हो। लक्ष्यमा केन्द्रित भई चरणबद्ध रूपमा अघि बढे अन्ततः सफलता चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको हुने उहाँको भनाइ छ।

राष्ट्रपति सीका अनुसार स्थापनायताका ७७ वर्षमा चीनले द्रुत आर्थिक वृद्धि र लामो समयसम्म सामाजिक स्थिरता हासिल गरेको छ। विभिन्न दबाबका बाबजुद यस वर्ष पनि अर्थतन्त्र नवप्रवर्तनमा आधारित गुणस्तरीय विकासतर्फ अघि बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ। आर्थिक विकासको गति कायम राख्दै जनताको जीवनस्तर उकास्न पनि उहाँले आह्वान गर्नुभएको छ।

सन् १९४९ अक्टोबर १ मा माओ त्सेतुङले बेइजिङको तियानआनमेन गेटबाट जनवादी गणतन्त्र चीन स्थापनाको घोषणा गरेका थिए। त्यसयताको यात्रालाई माओको राजनीतिक क्रान्ति, देङ सियाओपिङको आर्थिक सुधार र सीको नेतृत्वमा राष्ट्रिय पुनरुत्थान गरी तीन चरणमा हेर्ने गरिएको छ।

स्रोत

सम्बन्धित समाचार