१६ असोज २०८३ English
English

युरोपमा डिजेलको मूल्य रेकर्ड उच्च, आपतकालीन सञ्चिति प्रयोग गर्न अमेरिकी दबाब

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
युरोपमा डिजेलको मूल्य रेकर्ड उच्च, आपतकालीन सञ्चिति प्रयोग गर्न अमेरिकी दबाब

YouTube मा सब्स्क्राइब

युरोपमा डिजेलको औसत मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। युरोपेली आयोगको तथ्याङ्कअनुसार अहिले एक लिटर डिजेलको औसत मूल्य करिब २.२४ युरो पुगेको छ। इरानविरुद्ध अमेरिका र इजरायलको युद्ध सुरु भएपछि आपूर्ति घटेको र प्रशोधनमा अवरोध आएकाले इन्धनको मूल्य तीव्र रूपमा बढेको हो।

मूल्यवृद्धि र आपूर्ति अभावले युरोपेली हवाई कम्पनीहरू पनि मारमा परेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले जर्मनी र फ्रान्सलाई आपतकालीन डिजेल सञ्चिति बजारमा ल्याउन दबाब दिएको छलफलसँग नजिकका तीन जना व्यक्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। त्यसो नगरे अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेत दिइएको छ।

नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि स्वदेशमा इन्धन सस्तो बनाउन राष्ट्रपति ट्रम्पले यस्तो प्रतिबन्धबारे विचार गरिरहनुभएको छ। फ्रान्स र जर्मनीले आपतकालीन तेल सञ्चिति बजारमा पठाउने पहिलेका प्रतिबद्धता पूरा नगरेको अमेरिकी अधिकारीहरूको बुझाइ छ। डिजेल सञ्चिति खुला गर्नुपर्ने सम्भावनाबारे युरोपेली आयोग, जर्मनी, फ्रान्स, इटाली, आयरल्यान्ड र बेलायतबीच बिहीबार टेलिफोन वार्ता भइरहेको युरोपेली सङ्घका एक अधिकारीले बताएका छन्।

स्रोत

सम्बन्धित समाचार