भोटेकोशी बाढी प्रभावितका लागि ‘मानवताका लागि कला’ प्रदर्शनी

भोटेकोशी नदीको बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग जुटाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबार असोज २० गतेदेखि ‘मानवताका लागि कला’ प्रदर्शनी सुरु भएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीको विपद्ले धेरै परिवार र समुदाय प्रभावित भएका छन्। तिनको राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जुटाउनु प्रदर्शनीको उद्देश्य रहेको छ।
प्रतिष्ठानका कुलपति एरिणा ताम्राकारका अनुसार मानवीय दायित्व र सामूहिक ऐक्यबद्धताको सम्मानमा यो आयोजना गरिएको हो। प्रतिष्ठानका अनुसार कलाकृति बिक्रीबाट आएको रकमको ७० प्रतिशत उक्त कोषमा जानेछ। बाँकीमध्ये १० प्रतिशत कलाकार राहत कोषमा र २० प्रतिशत सम्बन्धित कलाकारलाई दिइनेछ।
प्रदर्शनीमा १६० भन्दा बढी कलाकारका कलाकृति राखिएका छन्। तीमध्ये परम्परागत कला, लोककला, चित्रकला, रेखाचित्र, मूर्तिकला र सेरामिक्स समावेश छन्। कलाकार, कलाप्रेमी र सांस्कृतिक संस्थाहरू प्रदर्शनीमा सहभागी छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


