७ कात्तिक २०८३ English
English

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कात्तिक ९ देखि ११ सम्म चितवनमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कात्तिक ९ देखि ११ सम्म चितवनमा
तस्बिर: क्लिकमाण्डू

नेपाल र भारतबीच पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र समृद्ध चितवन अभियानको आयोजनामा चितवनमा कार्यक्रम गर्न लागिएको हो।

भारतीय पर्यटकलाई नेपालका प्रमुख गन्तव्यसम्म आकर्षित गर्नु र दुई देशबीचको पर्यटन व्यापार विस्तार गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा सहभागी हुन भारतबाट २१ जना पर्यटन व्यवसायी चितवन आउँदै छन्। उनीहरूको सहभागितामा दुई देशबीचको पर्यटन सञ्जाल विस्तार गर्ने तयारी गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 7 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार