पीएचपीमा गम्भीर सुरक्षा जोखिम, राष्ट्र बैंकको वेबसाइट अस्थायी रूपमा बन्द

विश्वभर वेब प्रविधि पीएचपी (PHP) मा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट र सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। वेबसाइट बन्द भएका बेला सूचना सामाजिक सञ्जालमार्फत दिइने राष्ट्र बैंकले जनाएको छ।
बिहीबारदेखि पीएचपी प्रोग्रामिङमा देखिएको समस्याले सुरक्षा जोखिम निम्त्याएको छ। यसका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ।
विश्वका ७० प्रतिशतभन्दा बढी वेबसाइट पीएचपी प्रोग्रामिङ भाषामा आधारित छन्। यसमा देखिएको गम्भीर त्रुटिको विवरण सार्वजनिक भएपछि साइबर सुरक्षा क्षेत्रमा चिन्ता बढेको छ। त्रुटि समाधान नगरे ह्याकरहरूले यसको फाइदा उठाउन सक्ने जनाइएको छ।
यही सुरक्षा जोखिमका कारण राष्ट्र बैंकले आफ्ना अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको हो। सेवा बन्द रहेका बेला केन्द्रीय बैंकका सूचना र जानकारी सामाजिक सञ्जालबाट दिइनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


