७ कात्तिक २०८३ English
English

पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
तस्बिर: नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि सुरु भएको नियमित उडानले एक महिना पूरा गरेको छ।

फ्लाईदुबईले गत असोज ७ गते (सेप्टेम्बर २३) देखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो। सेवा सुरु भएको शुक्रबार एक महिना पूरा भएको हो।

सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्मको अवधिमा फ्लाईदुबईको उडानमार्फत ६ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन भइरहेको यो नियमित अन्तर्राष्ट्रिय उडान हो। उडान सुरु भएसँगै पोखरा र आसपासका यात्रुले काठमाडौँ नपुगी सिधै दुबई यात्रा गर्न सक्ने भएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 7 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार