रुसी नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा अस्थायी युद्धविरामको सहमति

रुस र युक्रेन रुसी सेनाको नियन्त्रणमा रहेको दक्षिणी युक्रेनी सहर ओलेस्कीमा अस्थायी युद्धविराम लागू गर्न सहमत भएका छन्। सहरमा मानवीय सहायता सामग्री पुर्याउन र सर्वसाधारणको उद्धार गर्न यो सहमति भएको हो।
युक्रेनका प्रमुख वार्ताकार तथा ओम्बड्सम्यान दिमित्रो लुबिनेत्सले एसोसिएटेड प्रेस (एपी) लाई युद्धविराम आगामी मंगलबारदेखि सुरु हुने र केही दिनसम्म कायम रहने बताएका छन्। युद्धविराम अक्टोबर २७ देखि लागू हुने जनाइएको छ।
यो युद्धविराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको पहलमा भएको हो। ह्वाइट हाउसका अनुसार मेलानियाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा ओलेस्कीको अवस्थाबारे जानकारी पाएपछि यस विषयमा पहल थालेकी थिइन्।
दुवै पक्ष आगामी महिना शान्ति वार्ताको नयाँ चरणमा सहभागी हुने पनि जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

