१३ असोज २०८३ English
English

चाडपर्व लक्षित सहुलियत पसलमा खाद्यान्न बिक्री सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चाडपर्व लक्षित सहुलियत पसलमा खाद्यान्न बिक्री सुरु

YouTube मा सब्स्क्राइब

दसैँ, तिहार र छठ नजिकिँदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेसन, मकवानपुरले आफ्नो कार्यालयबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ। सरकारको निर्देशनअनुसार कार्यालयले नुन, चिनी, खाने तेल र मैदा छुट मूल्यमा बेचिरहेको कार्यालय प्रमुख मधुसुधन अधिकारीले बताउनुभएको छ। उहाँका अनुसार बजार मूल्यको तुलनामा चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, मैदामा ७ रुपैयाँ र तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ।

वितरण समान बनाउन एक जनालाई ६ पोका नुन, ६ किलो चिनी, ५ लिटर तेल र ५ किलो मैदा दिने व्यवस्था गरिएको छ। यो बिक्री तिहारसम्म चल्ने कार्यालयले जनाएको छ। यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन दुवैले चाडपर्वका लागि आवश्यक खाद्यवस्तुको मौज्दात पर्याप्त रहेको जनाएका छन्।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सहुलियत पसलमा अहिले चामल, चिनी र खाने तेलको माग बढी छ। अघिल्लो वर्षभन्दा चिनीको माग केही बढे पनि अन्य वस्तुको माग सामान्य रहेको उहाँले बताउनुभएको छ। मौज्दात पर्याप्त भएकाले तत्काल आपूर्तिमा समस्या नहुने र कुनै बिक्री केन्द्रमा माग बढे आवश्यकताअनुसार मौज्दात परिचालन गरिने उहाँको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार