१० असोज २०८३ English
English

विश्व पर्यटन दिवसमा नाट्टाले सुरु गर्‍यो 'नेपाल खुला छ' अभियान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विश्व पर्यटन दिवसमा नाट्टाले सुरु गर्‍यो 'नेपाल खुला छ' अभियान

YouTube मा सब्स्क्राइब

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, नाट्टाले ४७औँ विश्व पर्यटन दिवसको अवसरमा 'नेपाल खुला छ' र 'नेपाल बोलाउँदै छ' अभियानअन्तर्गत दुई दिने विशेष कार्यक्रम सुरु गरेको छ। नेपाल विदेशी पर्यटकका लागि पूर्ण रूपमा सुरक्षित, सञ्चालनयोग्य र खुला रहेको सन्देश विश्वभर पुर्‍याउन कार्यक्रम गरिएको नाट्टाका महासचिव राजकुमार देवकोटाले बताउनुभएको छ। पहिलो दिन आज शनिबार बिहान 'नाट्टा स्वच्छ र हरियाली अभियान–२०२६' अन्तर्गत शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज करिडोरको बूढानिलकण्ठ, टोखा र चण्डेश्वरी क्षेत्रमा सरसफाइ गरिएको छ।

विश्व पर्यटन दिवस मनाइने दिन भोलि असोज ११ गते आइतबार बिहान ७ बजे सम्पदा दौड आयोजना हुनेछ। दौडलाई 'नेपाल निम्तो–नाट्टा सम्पदा दौड–२०२६' नाम दिइएको छ। काठमाडौँ दरबार क्षेत्र वसन्तपुरबाट सुरु हुने करिब ६ किलोमिटरको दौड पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न हुनेछ।

दौडमा पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, युवा र सर्वसाधारण सहभागी हुने महासचिव देवकोटाले जानकारी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार