२४ कात्तिक २०८३ English
English

घट्टेखोलामा सुक्खा पहिरो, पोखरा–बागलुङ सडक अवरुद्ध भएर फेरि खुल्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
घट्टेखोलामा सुक्खा पहिरो, पोखरा–बागलुङ सडक अवरुद्ध भएर फेरि खुल्यो

YouTube मा सब्स्क्राइब

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सोमबार दिउँसो फेरि सुक्खा पहिरो खस्दा अवरुद्ध पोखरा–बागलुङ सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गतको यो सडकमा दिउँसो करिब ३ बजे पहिरो खसेपछि दुवैतर्फ सवारी आवागमन ठप्प भएको थियो। पहिरो पन्छाएपछि यातायात सुचारु भएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक रिजालका अनुसार पहिरो खसेलगत्तै २० जनाको प्रहरी टोली डोजरसहित घटनास्थलमा पुगेको थियो। सडक बन्द हुँदा पोखरा र बागलुङतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका थिए। सुरुमा एकतर्फी यातायात चलाउन सकिने तर दुवैतर्फी खुलाउन थप समय लाग्ने निरीक्षक सापकोटाले बताउनुभएको थियो।

सोही स्थानमा आइतबार बिहान ९ बजेर ५ मिनेटमा पनि पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको थियो। प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिको समन्वयमा आइतबार बिहान १० बजेर ५५ मिनेटमा एकतर्फी र दिउँसो २ बजेर ३० मिनेटमा दुवैतर्फी यातायात खुलाइएको थियो। दुई दिनमा दोस्रोपटक पहिरो खसेपछि यस खण्डमा यात्रा गर्ने यात्रु र सवारीसाधन प्रभावित भएका छन्।

पहिरोको जोखिम अझै कायम रहेकाले राति विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले यात्रु र सवारीचालकलाई अनुरोध गरेको छ।

स्रोत

सम्बन्धित समाचार