२४ कात्तिक २०८३ English
English

‘६० मिनेट’ अन्तर्वार्तामा ट्रम्प: राजनीतिक विरोधीलाई माफी दिन्नँ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
‘६० मिनेट’ अन्तर्वार्तामा ट्रम्प: राजनीतिक विरोधीलाई माफी दिन्नँ

YouTube मा सब्स्क्राइब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कुनै हालतमा माफी नदिने बताउनुभएको छ। सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा पत्रकार रस डुथाटसँगको अन्तर्वार्तामा उहाँले यस्तो धारणा राख्नुभएको हो। स्वर्ग जान जेम्स कोमी र न्यान्सी पेलोसीलगायत विरोधीलाई माया र क्षमा गर्नुपर्ने सर्त राखिए के गर्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले आफूले उनीहरूलाई माफ गर्न नसक्ने जवाफ दिनुभएको छ।

उहाँले ती विरोधीलाई खराब र बेइमान भन्दै आफूविरुद्ध सरकारी संयन्त्रको दुरुपयोग र महाभियोगजस्ता कदम चालिएको आरोप लगाउनुभएको छ। ईश्वरको न्यायको सामना गर्नुपरे पनि क्षमा नगर्ने उहाँको भनाइ छ। अन्तर्वार्तामा ट्रम्पले मृत्युपछिको जीवनबारे पनि कुरा गर्नुभएको छ।

आफू धार्मिक व्यक्ति भएकाले स्वर्ग जाने उहाँले बताउनुभएको छ। उहाँले अमेरिकी वायुसेनाका पाइलटहरूसँग भएका भेटघाटबारे पनि खुलेर कुरा गर्नुभएको छ। ती पाइलटहरूले उडानका क्रममा अत्यन्त अनौठा उडान वस्तु देखेको सुनाएको र ती विवरण आफूलाई अचम्मलाग्दा लागेको ट्रम्पले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार