नेपाल संवत् ११४७: म्ह: पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

नेपाल संवत् ११४७ को पहिलो दिन सोमबार भक्तपुरसहित देशका विभिन्न ठाउँमा नेवार समुदायले म्ह: पूजा गरेर नयाँ वर्ष मनाएको छ। नेवार समुदायमा हरेक वर्ष तिहारको गोवर्द्धन पूजाका दिन म्ह: पूजा गर्ने चलन छ। नेपाल भाषामा 'म्ह:' को अर्थ शरीर हो।
त्यसैले यस दिन शरीरलाई ईश्वरको बासस्थान मानेर पुजिन्छ र यसलाई आत्मपूजा पनि भनिन्छ। भक्तपुरका रामकृष्ण प्रजापतिका अनुसार म्ह: पूजा नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा हो। उहाँले यो पूजाले आफ्नै शरीरको मूल्य बुझ्न र स्वयंलाई सम्मान गर्न सिकाउने बताउनुभएको छ।
लक्ष्मी कर्माचार्यले परिवारका सबै सदस्य एकै ठाउँ जम्मा भएर मनाइने भएकाले यस पर्वले पारिवारिक एकता, सद्भाव र आत्मीयता बढाउने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


