२३ कात्तिक २०८३ English
English

चार जिल्लामा छुट्टाछुट्टै सडक दुर्घटना, २४ घण्टामा आठ जनाको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चार जिल्लामा छुट्टाछुट्टै सडक दुर्घटना, २४ घण्टामा आठ जनाको मृत्यु
तस्बिर: नागरिक

कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षले यसबारे जानकारी दिएको हो। दुर्घटनामा चार जना घाइते पनि भएका छन्।

नुवाकोटको विदुर नगरपालिका–९ मा सोमबार भाडामा यात्रु बोक्ने मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको थियो।

दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको जिप दुर्घटनामा घाइते भएका छ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा जिप चालक कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय युवा पनि छन्।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र बर्दियामा भएका दुर्घटनामा पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार