२३ कात्तिक २०८३ English
English

सिरहामा ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

सिरहाको भगवानपुर गाउँपालिकाबाट ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले उनलाई लागुऔषध गाँजाजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आज बिहान ३:३० बजे भगवानपुर गाउँपालिका वडा नम्बर ४ स्थित बलान खोला क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार