धनगढीको दमकलले निभायो भारतको बनगाउँ बजारको आगो, करिब ६० पसल जलेर नष्ट

कैलालीको धनगढीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशस्थित बनगाउँ बजारमा आइतबार राति भीषण आगलागी भएको छ। आगलागीमा करिब ६० वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
आगलागीबाट ५० देखि ७० करोडसम्म क्षति भएको अनुमान गरिएको छ। बनगाउँ बजार नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित बजार हो। यो बजार भारतको लखिमपुर खिरी जिल्लाको कजरिया पञ्चायतअन्तर्गत पर्छ।
सीमापारि लागेको आगो धनगढी उपमहानगरपालिकाको दमकल र नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो। सीमापारिको विपत्तिमा तुरुन्तै सहयोग गरेकोमा स्थानीयले धनगढी उपमहानगरपालिकाको टोलीको प्रशंसा गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

